Login Register
G
Barju Films banner
Barju Films

Barju Films

@UCFI2a000n91JnhRvuC7f9Ig - 5.9K subscribers

नमस्कार 🙏 म हर्क खडायत । पेशाले कानून व्यवसायी (वकिल) हुँ । २०५६ सालमा "टलपलाएका आँशुहरू" क्यासेट मार्फत गीत संगीतमा प्रवेश गरेकाे हुँ । त्याे सँगै- सिरू (२०५७), कालिरात (२०५८), टाढाकाे बस्याराे (२०६२) जस्ता अडियो क्यासेट निकाली याे क्षेत्रमा हालसम्म निरन्तरता दिई रहेकाे छु । त्यसपछि- हिरालाल जाेखाैंकी, बाजुरा घाम छ की, छुट्टिन्या दिन आया जस्ता डेउडा गीत (म्यूजिक भिडियो) समेत यहाँ माँझ पस्केकाे छु । लेखनकाे क्षेत्रमा एउटा उपन्यास "देशले हारेकाे युद्ध" २०६९ सालमा बजार पस्केकाे छु । गीत संगीतप्रतिकाे लगाव कर्णाली जस्तै लामाे छ । कहिले कही राजनीतिक अभियान सँगै सामाजिक कार्यमा समेत समय व्यतित गर्छु । लेखन निकै रुचिकाे विषय हाे । फुर्सद मिलाएर कहिले कथा पनि लेख्छु । दृश्य मार्फत सुदूरका कथा पस्कने ठुलो सपना छ । मेरो युटुव च्यानल Barju Films लाई यहाँको ठुलाे साथ, सहयोग र माया चाहिएको छ । धन्यवाद !!!